दशैंमा सानिमा बैंकको क्रेडिट कार्ड लिँदा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 06:57:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले दशैंको अवसरमा नि:शुल्क क्रेडिट कार्ड दिने भएको छ । बैंकले दशैंको उपलक्ष्यमा ल्याएको “योपालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” योजना अन्तर्गत निःशुल्क क्रेडिट कार्ड पाइने भएको हो ।

यसका साथै सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जनाएको छ । यसैगरी पहिलो ५० जना ग्राहकले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्तगर्न सक्नेछन् ।

योजना असोज १२ गते देखि असोज मसान्तसम्म लगु हुने जनाइएको छ ।

बैंकले सातै प्रदेशमा ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved