एनएमबी बैंक पीसीएएफको संचालक कमिटिमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 11:42:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक पीसीएएफको स्टिअरीङ्ग कमिटिमा नियुक्त भएको छ । बैंक एबीएन एम्रोे, मोर्गन स्टान्ली र अग्रणी अन्तर्राष्ट्रिय बैंकहरूको पार्टनरसीप फर कार्बन एकाउन्टीङ फाइनानसीङ(पीसीएएफ)को स्टिअरीङ्ग कमिटिमा नियुक्त भएको हो । 

नेट जेरो एसेट ओनर एलाईन्स(एओए) संगको सहकार्यमा पीसीएएफले आफ्नो सञ्चालक समितिमा (एओए) को प्रतिनिधिको रुपमा बैंकलाई समावेश गरेको हो । पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो । जुन उनीहरूको कर्जा लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आकलन गर्न र खुलासा गर्न एक सामंजस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ ।

कार्वन लेखा वित्तीय साझेदार (पीसीएएफ) कर्जा र लगानीले फाईनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसंग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र बिस्तार गर्ने प्रयास गरेको छ । 

गत सेप्टेम्बर पीसीएएफको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियन भन्दा बढी सम्पति भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ । जसको १२ ट्रिलियन अमेरिकी डलर भन्दा बढी सम्पति पुगेको छ । 

विश्वव्यापी तापक्रम वृद्घिलाई सुरक्षित सीमाभित्र राख्नु सवैको लागी महत्वपूर्ण रहेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको भनाई छ । ‘हामी अग्रगामी पहलको हिस्सा हुन पाउ“दा खुसी छौं जसले वित्तीय संस्थालाई हाम्रो समयको सब भन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरुको भूमिका खेल्न सहयोग गर्दछ ।’ उनले भने । 

नेट जेरो एसेट ओनर एलाईन्स २९ वटा संस्थानको लगानीमा रहेको एक अन्तराष्ट्रिय समूह हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved