निजी विद्यालयलाई मेगा बैंकले सस्तो ब्याजदरमा कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 11:27:12 AM मा प्रकाशित

laxmi  sunrise bank
मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले विद्यालयलाई कर्जा सुविधा प्रदान गर्ने भएको छ । बैंकले प्याब्सन र एनप्याब्सनसँग आवद्ध निजी विद्यालयहरुलाई सस्तो ब्याजदरमा कर्जा प्रदान गर्ने भएको हो । 

प्याब्सन र एनप्याब्सनसँग आवद्ध निजी विद्यालयलाई सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकले गरेको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आवद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत विभिन्न सुविधा पाउन सक्नेछन् । 

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैयाँसम्मको कर्जा दिइने बैंकले जनाएको छ । यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गर्ने सम्झौता गरेको छ । 

यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने बैंकले जनाएको छ । 
कोभिड १९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले यो अफर ल्याएको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved