भारतबाट माछापुच्छ्रे बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 03:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा रहेका नेपालीले ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत निशुल्क रुपमा रकम पठाउन पाउने भएका छन् । माछापुच्छ्रे बैंकले भारतस्थित ओम एक्सप्रेस मार्फत नेपालमा रकम पठाउदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।  

चाडबाडको समयलाई लक्षित गरि असोज १२ गते देखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस मार्फत नेपालमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बैंकले जनाएको छ । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका सबै शाखा, शाखा रहित बैंकिङ्ग र १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत झिक्न सकिने छ । 

माछापुच्छ्रे बैंकले १६० वटा शाखा, १३३ शाखारहित बैकिङ्ग  र  १९९ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved