सानिमा बैंकको ८३औं शाखा रौतहटको चन्द्रपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 07:00:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले थाप शाखा विस्तार गरेको छ । बैंकले रौतहटको चन्द्रपुरमा आफ्नो ८३औं शाखा विस्तार गरेको हो । 

सो शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुन् । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले बैंकलाई धन्यवाद दिए । आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न उनले बैंकलाई अग्रह समेत गरे ।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास रहेको बैंकले जनाएको छ । 

बैंकले सातै प्रदेशमा ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएमबाट सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved