एनआईसी एशिया बैंकमा कर्जा आवेदन अनालइन बाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 01:13:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने प्रणालीको व्यवस्था गरेको हो ।

बैंकको वेबसाईतमा गएर अनलाईन कर्जाको आवेदन दिन सकिने छ । बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्नलागि कर्जा आवेदन अनलाईनबाट दिन सकिने व्यवस्था गरेको जनाएको छ । 

ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।  कर्जा लिनका लागि योग्य भए नभएको देखाउने र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था छ । यसपछि कर्जा लिनका लागि छनौट गरिएको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने जनाइएको छ । 

यस्तै, आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमा समेत यस बैंकले एसएमएस मार्फत जानकारी गराउने र ग्राहकले बैंकको वेबसाइटमा गई लोन स्टाटस समेत आफै सक्ने व्यवस्था रहेको जनाइएको छ ।

बैंकले ३२६ वटा शाखा, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved