मेगा बैंकको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 01:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले किसान लक्षित सेवा सुरु गरेको छ । बैंकले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको हो ।  

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको सुरुवात गरेकी हुन् । बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको जनाएको छ । 

कार्यक्रममा बोल्दै सीइओ खुञ्जेलीले कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा भएको बताएकी छिइन् । उनले भनिन्,‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved