बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले ग्रिनपिन सेवा सुरु गरेको छ । बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा सुरु गरेको हो ।
बैंकका अनुसार सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजि पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि बैंकहरूको एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त हुने बैंकले जनाएको छ ।