सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 04:08:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकले सोमबार गुठीलाई दुई लाख ७९ हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । 

उक्त सहयोग रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय भण्डारीले गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्ने जनाएको छ । उक्त गुठी संस्थाले देशका विभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्य गर्दे आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved