स्वरोजगार र जनकपुर लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 08:50:07 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha र  जनकपुर लघुवित्तले आगामी असोज २५ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।  स्वरोजगारले जनकपुरलाई गाभेपछि स्वरोजगार लघुवित्तको नामबाट एकिकृत सुरु हुन लागेको हो। केन्द्रीय कार्यलय हाललाई बनेपा र पछि काठमाडौँमा सारिने छ ।

दुवै कम्पनीको गत साउन १० गतेको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले असोज २ गते प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले असोज १९ गते अन्तिम स्वीकृति दिएको थियो । 

त्यस्तै आइतबार एकिकृत कारोबार संचालन हुने भएकोले त्यसदिन सबै शाखा कार्यालयको नियमित कार्य बन्द हुने कम्पनीले जनाएको छ । 

 स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १००:७० को स्वापमा गाभेको हो । हाल स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार छ भने जनकपुर लघुवित्तको चुक्ता पूँजी ३ करोड ४७ लाख ५० हजार रुपैंया छ । कम्पनीले जनकपुरलाई गाभेपछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्राद निष्काशन प्रस्ताव समेत साधारणसभाबाट पारित गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved