राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई बैंकिङ्ग तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 02:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र इन्ष्टिच्युटले बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धमा बुधबार सम्झौता गरेका हुन् । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार गत वर्ष जस्तै चालु आव २०७७।०७८ मा बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।

कार्यक्रममा बैंंकका सीईओ श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि हुने बताए । त्यस्तै इन्ष्टिच्युटका सीईओ लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि गर्ने बताए । 

बैंकले हाल सातै प्रदेस ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved