एनआईसी एशिया बैंकले ब्याज छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 02:25:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाको ब्याजदर घटाएको छ । उक्त भाखा नाघेका कर्जाहरुको भुक्तनी असोज मसान्त भित्र चुक्ता गर्ने ग्राहकलाई ब्याज छुट दिने बैंकले जनाएको हो । 

बैंकले यसरी छुट पाउन अब ९ दिनको अवधि बाँकी रहेकोले यथा शिघ्र रकम चुक्ता गरी उक्त छुट प्राप्त गर्न आग्रह गरेको छ । 

असोज मसान्तभित्र नै सबै तिर्नुपर्ने रकम चुक्ता गर्ने ग्राहकलाई ब्याजदर घटाएर ८.९९ प्रतिशत कायम गर्ने बैंकले जनाएको छ । यसरी ब्याजदर घटाउने मौका अर्थात असोज मसान्त आउन ९ दिन भएकाले छिटो भन्दा छिटो रकम चुक्ता गरी लाभ लिन बैंकले ग्राहकलाई आग्रह गरेको छ । 

असोज मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना बैंकले ल्याएको  छ । 

बैंकले ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सोवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved