
सनराइज बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा समान खरिद गर्दा छुट पाउने भएका छन् । बैंकले चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि छुट योजना ल्याएको हो ।
योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वाक्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम रु.५०० सम्म तत्काल छुट पाउने छन् ।
यो योजना असोज २५ देखि कार्तिक ११ गते सम्म लागु हुने बैंकले जनाएको छ ।