सरकारका लागि सवा १८ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 02:14:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने भएको छ। पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म ५७ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्यअनुसार राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि खुला गरेको हो। 

राष्ट्र बैंकले १८ अर्ब २५ करोड मध्ये १५ अर्ब २५ करोड पुरानै ट्रेजरी बिल नबिकरण गर्न खोजेको छ भने ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ बिक्रि खुला गरेको हो। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टकाअनुसार ५७ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा यसअघि नै विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ ऋण उठाईदिसकेको छ। 

राष्ट्र बैंकले अब कात्तिक ३ गते ४ अर्बको ट्रेजरी बिल तथा कात्तिक १९ गते २० अर्बको विकास ऋणपत्र जारी गर्नेछ। यससँगै राष्ट्र बैंकको चौमासिकको लक्ष्य पुरा हुनेछ। राष्ट्र बैंकले चालु आर्थिक बर्ष सरकारको लागि कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण उठाइदिँदैछ

राष्ट्र बैंक सरकारको बैंक भएकाले सरकारका लागि राष्ट्र बैकले ऋण उठाउने गर्दछ। आन्तरिक ऋणको ब्याजदर लिलाम बढाबढबाट निर्धारण हुनेछ। सामान्यता बिकास ऋणपत्रको अवधि ५ बर्ष भन्दा बढीको हुन्छ भने ट्रेजरी बिलको ९१ दिनको हुन्छ। सरकारलाई आवश्यक भए वा वित्तीय बजारलाई सन्तुलित बनाइराख्न पर्ने भए आन्तरिक ऋण उठाइने गरिन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved