प्रभु बैंक Prabhu Bank Limited ले थप शाखा विस्तार गरेको छ । बैंकले सल्यानको शारदा नगरपलिकास्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा विस्तार गरेको हो ।
उक्त शाखाको उद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले आइतबार गरेका हुन् ।
बैंकले २०९ वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा दिदै आइरहेको छ ।