
एनएमबि बैंक NMB Bank Limited र चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्सबीच विच्याटबाट भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । सम्झौतासंगै विच्याट मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्न पाउने भएका छन् ।
नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई बैंकले विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको जनाएको छ ।
बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृश्य बदल्दै डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्नेतर्फ द्रुत गतिमा प्रगति गरिरहेको जानकारी समेत दिएको छ ।