
सनराइज बैंक Sunrise Bank Limited ले वार्षिकोत्सवको अवसरमा जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकले स्थापनाको १३औं वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको अवरमा सो क्लबलाई आर्थिक सहयोग गरेको हो ।
कोरोनाले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजि विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् । तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त सोत्र, साधान र प्रविधिको अभाव रहेको छ । यसै कुरालाई मध्यनजर गदै बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई ३ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।