ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 10:18:41 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले थप दूई वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

यससंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ । बाग्लुङ्गको जैमिनी नगरपालिका वडा नं. ३, दमेकमा खोलिएको सेवाको प्रतिनिधिको रुपमा टेक बहादुर कामी र डोटीकोे शिखर नगरपालिका वडा नं. ९, उच्चाकोटमा खोलिएको सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकले २५९ शाखा, २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर, २२७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि मार्फत सेवा दिदै आइरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved