सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग पिन रिसेट मोबाइलबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 03:13:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेशनल Citizens Bank International Limited ले बैंकमा नगई मोबाइल बैंकिङ्गको पिन रिसेट गर्ने सुविधाको सुरुवात  गरेको छ । यससंगै मोबाइल बैंकिङ्गको पिन बिर्सिएमा बैंकमा नै धाउनुपर्ने समस्या हटेको छ । 

हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ्ग सेवा प्रदान गर्न र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सेवाको सुरुवात गरेको जनाएको छ । यस्तो सेवाबाट ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने बैंकले दावी गरेको छ । 

बैंकले १११ शाखा , ९९ वटा एटीएम, १०४ वटा शाखा रहित बैंकिङ्ग एकईमार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved