हरेक डिजिटल कारोबारबाट १ रुपैयाँ सामाजिक कार्यलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 10:19:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले हरेक मोबाइल बैंकिङ्ग कारोबारको एक रपैयाँ सामाजिक कार्यमा खर्च गर्ने भएको छ । बैंकले दशैंको अवसर पारेर सर्वजनिक गरेको सेलिब्रेट फर कज नामको योजना अन्तर्गत सामाजिक कार्यमा खर्च गर्न लागेको हो ।

योजना अनुसार कार्तिक एक गतेदेखि १० गतेसम्म भएको डिजिटल कारोबारमा बैंकको तर्फबाट १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान हुने बैंकले जनाएको छ । बैंकको मोबाईल बैंकबाट क्यूआर, यूटीलीटी तथा मर्चेन्ट भुक्तानी वा कारोबार हुर्दा बैंकले एक रुपैयाँका दरले सामाजिक कार्यकालागि योगदान गर्नेछ ।

बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका बृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्ने उल्लेख गरेको छ ।

यस्तै बैंकले डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट तथा नगद फिर्ता योजना ल्याएको छ । बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन उक्त योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको जनाएको छ ।

बैंकले ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७० वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved