नेपाल इन्भेष्टमेन्ट बैंकले थप्यो २ एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 02:36:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले थप दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले भक्तपुरको शुकुलढोका र चन्द्रागिरी नगरपालिका ९ स्थित मच्छेगाउँमा एक/ एक वटा काउन्टर विस्तार गरेको हो । 

भक्तपुरको शुकुलढोका काउन्टरको उद्घाटन बैंकका उप महाप्रबन्धक विजेंद्र सुवाल र माच्छेगाउँ काउन्टरको उद्घाटन  वडा नम्बर ९ का कार्यवाहक प्रमुख रामकृष्ण श्रेष्ठ र बैंकका बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । 

बैंकले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टरर, ५६ शाखा विहीन बैंकिङ् काउन्टर मार्फत सेवा दिदैँ आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved