एनएमबी बैंकले वायोमास पेलेट परियोजनामा १६ करोड लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 05:41:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक NMB Bank Limited ले वायोमास पेलेटमा लगानी गर्ने भएको छ। बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्धारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रा. लि.सँग वायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोडको कर्जा सम्झौता गरेको हो । 

 इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) द्वारा प्रवद्र्घित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सीजन प्राइभेट लिमिटेड (बीओ२) ले परियोजना विकास गर्नका लागि इक्विटीका रुपमा ५ करोड र बकस रिन्युएबल इनर्जी कम्पनिका प्रमोटरहरुद्धारा ५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । बैंकले प्रदान गर्ने १६ करोडको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेशिन खरीद गर्ने कार्यमा र चालु पुँजीमा उपयोग गर्ने जनाएको छ । 

यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडिको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने बताईएको छ । बायोमास पेलेट एक नविकरणीय ऊर्जा हो जसले परम्परागत ऊर्जा जस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ । 

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ५ मा स्थापना हुने आयोजनाले प्रति वर्ष १९ हजार ८२४ मेट्रिक टन बराबरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनाबाट प्राप्त हुने छ । सागरनाथ बन क्षेत्रमा हरेक वर्ष उम्रने बनमारा तथा अन्य झाडिहरु यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ । बन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ बन विकास परियोजनमा रहेका बनमारा तथा झाडि जस्ता वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलव्ध गराउने सम्बन्धी संझौता गरिसकेको छ । 

प्रत्येक बर्ष सागरनाथ बन विकास परियोजनाले यस्ता झाडि तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved