ग्लोबल आइएमईका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 06:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  का कर्मचारी तथा ग्राहकले ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पामा छुट पाउने भएका छन् । बैंक र होटलबीच सोमबार भएको सम्झौता अनुसार कर्मचारी तथा ग्राहकले छुट पाउने भएका हुन् । 

सोमबार भएको सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र होटलका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार होटलको काठमाण्डौ, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणाली मार्फत भुक्तानी गर्दा छुट हुने छ ।

बैंकले ७१ वटा जिल्लामा २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved