दशैं विदामा बैंकहरु नखुल्ने, डिजिटल कारोबार गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 11:24:46 AM मा प्रकाशित

laxmi  sunrise bank

यस पटकको दशैं विदामा बैंकहरुले आफ्नो शाखाहरु सुचारु नगर्ने भएका छन्। कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यस पटक शाखा खोलेर सेवा नदिने निर्णय भएको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको छ। 

सिमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने भएकाले यस पटक दशैं विदामा बाणिज्य बैंकहरुका सबै शाखा बन्द गर्ने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बिजपाटीलाई बताए। सिमित शाखा नखोल्दा ग्राहकलाई धेरै मर्का नपर्ने र कोरोना सर्ने जोखिम पनि नहुने भएकाले यो निर्णय लिइएको उनले बताए। 

'अन्य बैंकिङ कारोबार अनलाइन तथा डिजिटल माध्यम मार्फत भईहाल्छ, सिमित शाखा खोल्दा बैंकका कर्मचारी र ग्राहकमा पनि कोरोना सर्ने जोखिम रहन्छ, त्यहि भएर दशैं विदामा बाणिज्य बैंकहरुले शाखा खोलेर काउन्टरबाट दिने सेवा नदिने निर्णय गरेका हुन्' उनले भने। 

गत बर्षसम्म बैंकहरुले दशैं विदामा पनि उपत्यका तथा बाहिरका शाखा सिमित समय खोलेर काउन्टरबाट हुने सेवा दिँदै आएका थिए। तर कोभिड १९ को विश्वब्यापी महामारीका कारण बाणिज्य बैंकहरुले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरि शाखा खोलेर दिने सेवालाई  दशैंको विदामा  बन्द गरेका हुन्।कात्तिक ७ देखि ११ गतेसम्मलाई दशैं विदा रहेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved