राष्ट्रिय वाणिज्य बैंकको २४२औं शाखा बाग्लुङमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 12:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  ले थप शाखा विस्तार गरेको छ । बैंकले बाग्लुङको जैमिनि नगरपालिकामा आफ्नो २४२ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । सो शाखाको उद्घाटन जैमिनि नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सोमबार गरेका हुन्। 

कार्यक्रममा प्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनि नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

बैंकले हाल सातै प्रदेस, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved