बैंक अफ काठमाण्डूबाट दक्षिणा पठाउँदा ३ सय क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 01:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले मोबाईल बैंकिङ्गबाट दक्षिणा दिँदा क्यास ब्याक योजना ल्याएको छ । बैंकले मोबाईल बैंकिङ्गबाट दक्षिणा दिदा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त हुने  ‘तीनमा तीन सय’ योजना ल्याएको हो । 

जस अनुसार बैंकको एपमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा रकम पठाउँदा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त हुने छ । कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यस्तो अफर ल्याएको जनाएको छ । 

यसरी ३ सय रुपैयाँ प्राप्त गर्न तीन वटा खातामा कुल न्यूनतम एक हजार रुपैंया दक्षिणा रकमान्तर गर्नुपर्ने र दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोन पे मार्फत दक्षिणा रकमान्तर गर्नुपर्ने हुन्छ । तर, रकम पठाउँदा विवरण अर्थात् रिमार्कसमा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved