सनराइज बैंकको ५१औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 05:43:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले थप शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको गणेशपुरमा आफ्नो ५१औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको हो । 

उक्त सेवाको उद्घाटन नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं ६ की सदस्य संगिता गुरुङ्गले बुधबार गरेकि हुन् ।  

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्ग र कार्यक्रमका सभापती तथा मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा सेवाका प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ 

बैंकले १३५ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved