सिद्धार्थ बैंकका ग्राहकलाई टपअप देखि मोबाइल फोनसम्म उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 06:25:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले दशैंको अवसरमा विभिन्न योजना ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग कारोबार गर्ने ग्राहकका लागि विभिन्न अफर ल्याएको हो ।


अफर अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग एप ‘सिद्धार्थ बैंक स्मार्ट एप’ क्रियाशील गर्दा ५० रुपैयाँको टपअप पाईने छ । जसकालागि कार्तिक ६ देखि मंसिर ५ गतेसम्म एप क्रियाशील गर्नुपर्ने हुन्छ । त्यसैगरी दशैंमा मोबाईल बैंकिङ्ग मार्फत दक्षिणा पठाउँदा ३ सय रुपैयाँ क्यास ब्याक हुनेछ । जसकालागि तिन पटक रकम पठाको हुनुपर्ने छ । यसरी रकम पठाउँदा रिमार्कमा दक्षिणा लेख्नुपर्ने हुन्छ । न्यूनतम एक सय रुपैयाँ टान्सफर गर्दा ३ सय रुपैयाँ प्राप्त हुने यस योजना भने कार्तिक १० गते देखि १४ गतेसम्म लागु हुने बैंकले जनाएको छ । 


यस्तै बैंकले बैंको मोबाईल बैंकिङ्ग एप पहिलो पटक प्रयोग गर्ने ग्राहकका लागि पनि क्यास ब्याकका साथै विभिन्न अफर ल्याएको छ । जस अन्तर्गत कार्तिक ६ देखि मंसिर ५ गतेसम्मको कारोबारको विवरणमा माई फस्ट लेखि पहिलो पटक कारोबार वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत वा अधिकतम १ सय रुपैयाँ क्यास ब्याक प्राप्त हुने छ । यस्तै, थप तिन कारोबार गर्दा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त हुने छ । उक्त क्यास ब्याक पाउन कम्तिमा ५ सय रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ ।


यसै गरीे कार्तिक ६ देखि मंसिर ५ गतेसम्म कम्तीमा १० वा सो भन्दा बढि पटक कारोबार गर्दा एफवान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकलाई मोबाईल फोन उपहार प्रदान गर्ने जनाइएको छ ।


यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्नेे विश्वास लिएको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved