उद्यमी बन्न चाहने युवालाई १ प्रतिशत ब्याजमै कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 07:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक Rastriya Banijya Bank  र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान आयोजना गर्ने भएको छ । जस अन्तर्गत उद्यमी बन्न चाहने युवालाई निशुल्क तालीम तथा एक देखि तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गर्ने भएको हो । 

यसै विषयमा बुधबार बैंक, प्रदेश र फाउण्डेशनबीच सम्झौता भएको छ । सम्झौतामा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको उपस्थीतिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने उल्लेख भएको छ । जस अनुसार मङ्सीर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीमप्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन् ।

यसरी प्रवाह गरीने कर्जा न्युनतम एक देखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम  १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

त्यस्तै कार्यक्रममा बोल्दै मानीय मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालीम प्रदान गर्ने बतए । ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्तगर्ने भएकाले यो आर्थिक बर्षमा एकसय भन्दा बढि नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले विश्वास ब्यक्त गरे । 

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेका फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए ।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई निशुल्क रुपमा सरकार, निजि क्षेत्र सहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको उनको भनाई छ ।

बैंकले हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा  रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved