
सिटिजन्स बैंक इन्टरनेश्नल Citizens Bank International Limited ले चालू आर्थिक बर्षको पहिलो त्रैमासमाको विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासमा गत आर्थिक बर्षको तुलनामा खुद नाफा झन्डै आधा अर्थात ४८ प्रतिशतले बढेको वित्तिय विवरणमा उल्लेख छ।
पहिलो तीन महिना अर्थात असोज महिनासम्म बैंकको खुद मुनाफा ५१ करोड ५५ लाख ९१ हजार रहेको छ। यो गत आर्थिक बर्षको तुलनामा १६ करोड ६४ लाख अर्थात झन्डै ४८ प्रतिशतले धेरै हो। बैंकले ५१ करोड खुद मुनाफा गरेपनि उसले सेयरधनीलाई बाँड्न मिल्ने नाफा अर्थात वितरणयोग्य मुनाफा ९२ लाख ७४ हजार रुपैंयाँ छ।
यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी १८ प्रतिशतले बढेर ८३ करोड ९१ लाख पुगेको छ। जुन गत आर्थिक बर्षको यस अवधिमा ७० करोड ८३ लाख थियो।
९ अर्ब ८ करोड चुक्ता पुंजी रहेको सिटिजन्सको रिजर्भमा ३ अर्ब ९० करोड रुपैयाँ छ। रिजर्भ गत आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात अर्थात निष्कृय कर्जा १.४३, प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा, प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा तथा मुल्य आम्दानीको अनुपात ९.४८ गुणा रहेको छ। गत आर्थिक बर्षको तुलनामा बैंकको कर्जा निक्षेप अनुपात खुम्चिएर ७३.५० प्रतिशतमा सिमित छ।