सिद्धार्थ बैंकको क्रेडिट कार्ड अनलाईनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 12:32:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited  ले क्रेडिट कार्डको आवेदन अनलाईनबाटै दिन सकिने व्यवस्था गरेको छ । बैंकले कार्तिक १३ गतेदेखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको हो । 

यससंगै क्रेडिट कार्डका लागि भौतिक रुपमा बैंककसम्म नपुगि घरैबाट आवेदन दिन सकिन्छ । जसका लागि बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी आवेदन दिन सकिने छ । आवेदन दिएपश्चात स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्ने जनाएको छ । साथै, कार्ड तयार भईसकेपश्चात आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड लिन सकिने छ ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved