
एनएमबि बैंक @NM मा तलवि खाता भएका ग्राहकले अनलाईनबाट नै कर्जा प्राप्त गर्न सक्ने छन् । बैंकले तलवि खाता भएका ग्राहकका लागि अनलाईनबाट नै कुनैपनि समयमा कर्जाको आवेदन दिन सकिन व्यवस्था गरेको हो ।
बैंकले यसरी कर्जा दिन ‘एनएमबि सापटी’ योजना ल्याएको हो । यो योजने एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ । जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । यो सुविधा नेपालमै पहिलो पटक भएको बैंकले दावी गरेको छ । जस अन्तर्गत ग्राहकले २४ अै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा कर्जा प्राप्त गर्न सक्ने जनइएको छ ।
बैंकले यसरी तलवि खाता भएका ग्राहकलाई एक लाख रुपैयाँसम्म बिना धितो कर्जा दिन लागेको जनाएको छ । उक्त कर्जा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट नै प्राप्त गर्न सकिन्छ ।