सार्क राष्ट्रमा एउटै डिजिटल मुद्रा प्रयोग गर्न नेपालका गभर्नरको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 06:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क देशहरुको लागि एउटा साझा डिजिटल मुद्रा हुनु पर्ने बताएका छन् । सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरु सहभागी भएका सार्क फाइनान्सको बैठकमा गभर्नर अधिकारीले सार्कफाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले डिजिटल कमन करेन्सी अवलम्बन गर्न सार्कफाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा ब्यक्त गरेका हुन् ।

छलफलमा गभर्नर अधिकारीले नेपालको वर्तमान स्थिति एवं कोभड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरु जस्तैः नीतिगत दरमा कटौती, पुर्नकर्जाको सीमा बृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनीब व्यवस्था, थप चालु पुँजीको व्यवस्था, कर्जाको पुनरतालिकीकरण÷ पुनर्संरचना लगायतका विषयमा आफ्नो धारणा प्रस्तुत् गरेका थिए। उनले कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्यरुपमा बृद्धि भएको र यसले वित्तीय पहुँचमा बृद्धि हुने धारणासमेत राखेका छन् ।

छलफलमा हाल सार्कफाइनान्स केन्द्रीय बैंकहरुको अध्यक्ष  रहेको रिजर्व बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको पोलिसी रिस्पोंस कार्यान्वयन गरेको उल्लेख गर्दै रिर्जव बैंक अफ इण्डियाले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवं वित्तीय अवस्थाका विषयमा जानकारी दिएका थिए।

सार्क राष्ट्रका गभर्नरहरुले बैठकका क्रममा आ–आफ्नो केन्द्रीय बैंक र सरकारले कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा परेका असर र त्यसको न्यूनीकरणका लागि लिइएका नीतिगत व्यवस्थाका विषयमा चर्चा गरेका थिए ।

बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू दा अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved