नयाँ व्यवसाय सञ्चालन गर्न नेपाल बैंकले सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 10:38:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक Nepal Bank Limited  बीच दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीको कार्यालयमा नगरपालिका नगर प्रमुख अमानसिं तामाङ, उपप्रमुख  जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत  कृष्णप्रसाद पाण्डे, नेबैली वाग्मती प्रदेश प्रमुख सुन्दर पन्थी, नेबैली सिन्धुपाल्चोक शाखा प्रबन्धक  समीककुमार दाहाललगायतको उपस्थितमा कर्जा सम्झौता गरिएको हो । 

यसबाट कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको एक करोड र बैंकले थप एक करोड गरी यस वर्ष दुई करोड ऋण प्रवाह हुनेछ । ऋण लिन चाहने नगरवासीले दुई प्रतिशत ब्याजदरमा पाँच लाखसम्म बैंकको नियमानुसार बिनाधितो ऋण लिन सक्नेछन् । नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, विदेशबाट फर्किएका, कृषि तथा लघुउद्यमको क्षेत्रमा स्वदेशमै व्यवसाय गर्ने योजना बनाएका युवालाई लक्षित गरी ‘स्वरोजगार तथा उद्यम प्रवद्र्धन कार्यविधि, २०७७’  बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो ।

स्थानीय स्रोत, साधन र सीपलाई सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पूरा गर्न नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सम्झौत गरी सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध  गराउन लागेको उपप्रमुख पराजुलीले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved