हिमालयन र बैंक अफ काठमाण्डूले चीनमा जिते डेढ अर्बको मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 12:15:24 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  र बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले  मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनी बिरुद्दको मुद्दा जितेका छन् । ठेकेदार कम्पनीको काउन्टर ग्यारेन्टी बसेका यी २ बैंकले मुद्दा जितेसंगै अब डेढ अर्ब रकम फिर्ता पाउने भएका छन् ।

चीनको जिल्ला अदालतले यी २ बैंकलाई रकम फिर्ता दिन आदेश दिएको हो । जस अनुसार अब बैंक अफ काठमाण्डूले ८५ करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ पाउने छन् । यद्यपि विपक्षी समुह चाइना रेल्वे माथिल्लो अदालत जाने बाटो खुला नै छ 

चाइना रेल्वेले मेलम्ची आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको थियो। तर कम्पनीले सम्झौताको १५ प्रतिशत भुक्तानी लगेर काम भने गरेन । काम नगरेपछि मूख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन्स बैंकले मेलम्ची आयोजनासँग रकम माग गरेको थियो । आयोजनाले सहायक काउन्टर ग्यारेन्टी बसेका नेपाली २ बैंकसँग रकम मागेको थियो । यी बैंकले मुख्य ठेकेदारले रकम दिए मात्र आयोजनालाई पैसा दिने बताएका थिए।  मुख्य ठेकदारले चिनियाँ अदालतमा मुद्दा दायर गर्यो र अदालतले नेपाली बैंकलाई पैसा दिनु नपर्ने आदेश दियो ।  

अहिले भने नेपाली बैंकको पक्षमा आदेश भएको हो । यस संगै झन्डै १ दशकपछिको मुद्दा मामिलापछि बैंकले रकम फिर्ता पाउने भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved