५१ प्रतिशतले घट्यो एभरेष्ट बैंकको नाफा, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 08:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंक Everest Bank Limited  को खुद नाफा ५१.५४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ८ लाख कमाएकोबैंकको खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख मात्र नाफा कमाएको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५९ लाख रहेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी २८.५७ प्रतिशतले घटेर १ अर्ब २ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४३ करोड थियो । बैंकको निक्षेप ९.०६ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३.३१ प्रतिशतले बढेर १ खर्ब १५ करोड पुगेको छ ।

बैंकको खराब कर्जा पनि ०.१७ प्रतिशतबाट बढेर ०.२२ प्रतिशत पुगेको छ । ८ अर्ब ५१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १० अर्ब ४४ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५.७३ रुपैयाँ, प्रति शेयर नेट वर्थ २२२.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.०५ गुणा, बेस रेट ७.०७ प्रतिशत, स्प्रेड दर ३.९४ प्रतिशत, कोषको लागत ५.३७ प्रतिशत, सिसिडि ७०.२७ र पुँजी पर्याप्तता अनुपात १३.०३ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved