राष्ट्रिय वाणिज्य बैंकले पुर्व प्रहरीलाई २ प्रतिशत ब्याजमा कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2020 | 06:07:21 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच संघका सदस्यहरुलाई पेन्सनर कर्जा प्रवाह गर्ने भएको छ । कर्जा प्रवाह गर्ने सम्झौतापत्रमा वाणिज्य प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्ने छ ।  बैंकले सिफारिश भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम दश लाख रुपैंयासम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने छ । 

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछी पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिइ आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुर्याउने बताए । त्यैगरी संघका अध्यक्ष किशोर कुमार लामाले अवकाश प्राप्त सुरक्षाकर्मी साथीहरुले नोकरीपछि बैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए ।

बैंकले हाल ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved