तिहारको विदामा बैंकहरु नखुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 12:01:04 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहारको विदामा ३ दिन बैंकहरु नखुल्ने भएका छन्  । नेपाल बैंकर्स संघले तिहारको विदामा कार्तिक २९ गतेदेखि मङ्सिर १ गतेसम्म गरि ३ दिन बैंकका शाखाहरुले नखुल्ने जनाएको हो  । 

संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएकोले  शाखा नखोल्ने निर्णय गरेको हो । संघका अनुसार हालसम्म वाणिज्य बैंकका ६ हजार धेरै कर्मचारीहरु संक्रमित भईसकेका छन्  । 

 संघले शाखा बन्द हुने भएपनि डिजिटल बैंकिङ सेवा सुचारु रहने जनाएको छ । संघले  कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवाको अधिकत्तम प्रयोग गर्न आग्रह गरेको छ । 

अघिल्ला वर्षहरुमा भने तिहार विदाको समयमा बैंकका सिमित शाखा खुल्ने गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved