राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 11:22:12 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  ले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले बाँकेको खजुरा गाँउपालिकामा उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिन लागेको हो ।

यसै सम्बन्धमा मंगलबार बैंक र सो गाउँपालिकाबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले हस्ताक्षर गरेका छन् । 

सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ । यसरी तालिम प्राप्त व्यक्तिलाई गाउँपालिकाले कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । सिफारिसमा परेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने जनाएको छ ।

कार्यक्रममा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । गाँउपालिकाका अध्यक्ष कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी हुने बताए । 

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष एकमाया बिक, गाँउपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सल्लाहकार भीम वली, कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved