सिद्धार्थ बैंक Siddhartha Bank Limited ले सामुदायिक विकास समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौंको सुविधानगरस्थित सो समितिलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले समितिका अध्यक्ष सुमित्रा कडरियालाई सो रकम बुधबार हस्तान्तरण गरेका हुन् । उक्त रकम समितिले मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गर्नका लागि उपयोग गरिने जनाएको छ ।
सुविधानगर क्षेत्र भित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको बैंकले जनाएको छ ।