एनआईसी एशियाले ल्यायो रकम डबल हुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 12:25:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ‘डबल डिपोजिट’ योजना ल्याएको छ । बैंकले ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना बिहीबार सार्वजनिक गरेकोे हो । 

दीर्घकालिन रुपमा लगानी गरी उच्च प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ताको लागि यो योजना ल्याएको जनाएको छ । योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा रकम जम्मा गरेको ७ वर्ष ७ महिनामा अवधिमा डबल हुनेछ । संस्थागत निक्षेपकर्ताको हकमा भने जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ ।

उक्त योजनामा सहभागि न्यूनतम १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ ।

योजना अन्तर्गत मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको जनाइएको छ । 

बैंकले ३२७ शाखा, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved