झापाको अर्जुनधारामा सनराइजको शाखारहित बैंकिङ्ग सेवा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 06:47:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले झापाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको हो । 

बैंकले सो सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर राना मगर र बैंकको प्रदेश १ का प्रमुख विवेक कुमार निरौलाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । 

बैंकले १३९ वटा शाखा, ५३ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved