एनएमबि बैंकको खाता फेसबुकबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 10:46:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited मा डिजिटल माध्यमबाटै खाता खोल्न सकिने भएको छ । बैंकले फेसबुक तथा भाइबरबाटै खाता खोल्न मिल्ने व्यवस्था गरेको हो । 

घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि मुद्दती निक्षेप खाता खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको बैंकले जनाएको छ । हप्ताको सातै दिन कुनैपनि समयमा भाइबर र फेसबुकबाट खाता खोल्न सकिने छ । 

बैंकका अनुसार बचत खाता सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोबारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैयाँसम्म हुने व्यवस्था गरिएको छ । पहिलो पटकको काराबारमा ई-एनएमबी एपको माध्यमबाट ५०० सम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved