माछापुच्छ्रे बैंकका ग्राहकलाई विभिन्न होटेलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 05:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  का ग्राहकले विभिन्न होटेलमा  छुट पाउने भएका छन् । बैंकले ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सिसँग ग्राहकको लागि छुट सम्झौता गरेको हो  ।  

सम्झौता अनुसार बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% सम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५% तथा विषेश प्याकेजहरुमा ५% सम्म छुट पाउने बैंकले जनाएको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड तथा त्तच् प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । 

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगरकोटको होटल क्लव हिमालयन प्रा. लि. संग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकले क्लव हिमालयन प्रा. लि.फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved