
कर्मचारी संचय कोषमा बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited बाट भुक्तानी गर्न सकिने भएको छ । कोषबाट लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंकको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको हो ।
यससंगै कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कोषमा पुगि रहनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिदै आइरहेको छ ।