भेटनरी संघका सदस्यले माछापुच्छ्रेको सेवामा सहुलियत पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 03:50:07 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले नेपाल भेटेनरी संघका सदस्यहरुलाई बैंकिङ्ग सुविधामा सहुलियत दिने भएको छ । बैंक र संघबीच बुधबार भएको सम्झौतासंगै संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यले बैंकिङ्ग सेवामा सहुलियत पाउने भएका हुन् । 

सम्झौतामा बैंकका तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडा र संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकले आफ्ना सम्पूर्ण शाखाबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधामा सहुलियत प्रदान गर्ने जनाइएको छ । 

बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved