५ अर्ब बढी रकम मुद्दती खातामा राख्न बैंक खोज्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 06:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले रकम  लगानीका लागि बैंकहरुबाट आवेदन आह्वान गरेको हो । 

बैंकले वाणिज्य बैंकमा ३ अर्ब २० करोड, विकास बैंकमा ६० करोड र वित्त कम्पनीमा २०  करोड रुपैयाँ मुद्दति खातामा लगानी गर्न  लागेको हो । राष्ट्र बैंकले उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई के कति ब्याजदरमा कति रकम लिने हो उल्लेख गरि आवेदन दिन आग्रह गरेको छ । बैंकले तोकेको सिलबन्दी प्रस्ताव सम्बन्धी फारम भरी मङ्सिर १४ गतेभित्र बुझाउन बैंकले भनेको छ । बैंकले उक्त रकम २०७७ पुस १ देखि २०७८ मङ्सिर २९ गतेसम्म अर्थात् ३६५ दिनका लागि मुद्दति खातामा लगानी गर्न लागेको हो । 

त्यस्तै बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३२ करोड पनि मुद्दती निक्षेप्मा लगानी गर्ने भएको छ । जस मध्ये वाणिज्य बैंकमा १ अर्ब ५ करोड ६० लाख, विकास बैंकमा १९ करोड ८० लाख र फाइनान्समा ६ करोड ६० लाख राख्न लागेको हो । 

निम्न शर्त पुरा गरेका बैंक त्तहा वित्तीय संस्थाले निक्षेप रकम राख्नको लागि प्रस्ताव पेश गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved