सनराइज बैंकको खाता अनलाइनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 04:36:35 PM मा प्रकाशित

laxmi bank

सनराइज बैंक Sunrise Bank Limited मा अनलाइनबाटै खाता खोल्न सकिने भएको छ । बैंकले ल्याएको 'स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अन्तर्गत अनलाइनबाट खाता खोल्ने व्यवस्था गरेको हो । 

अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त खाता सक्रिय भएपछि रकम जम्मा गर्न र अनलाइन ट्रान्सफर समेत गर्न सकिने छ । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत बैंकको आधिकारीक वेभसाइटमा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

शुन्य मौज्दातमै अनलाइनबाट खाता खोल्न सकिने जनाईएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved