राष्ट्रिय वाणिज्य बैंकद्धारा बलियो नेपाल न्युट्रिशन ईनिशिएटिवलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 11:22:50 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  ले बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलई आर्थिक सहयोग गरेको छ र्।  पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि बैंकले उक्त संस्थालाई आर्थिक सहयोग गरेको हो । 

सहयोग अन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिने बैंकले जनाएको छ । यस सम्बन्धमा आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

कार्यक्रममा बैंकका सीईओ श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताए । बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताए । 

बैंकले ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved