मेगा बैंकले ल्यायो डिजिटल भुक्तानीका लागि ‘कर्पोरेट-पे’ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 05:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिन प्रणालीको शुरुवात गर्ने भएको छ । बैंकले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको हो । 

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यससंगै बैंकमा नगई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै गर्न सकिन्छ । 

उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिन बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved